‘ग्रेटर नेपाल’ फणीन्द्रलाई अदालतबाट सफाइ

रिपोर्ट नेपाल | 2019 May 28 | 03:34 pm 1697

काठमाडौं, जेठ १४ : ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासको निर्णयलाई उल्ट्याउँदै अदालतले नेपाललाई सफाइ दिएको हो।

उनीविरुद्ध प्रजिअ नेपालले २०७५ मंसिर २३ गते सार्वजनिक शान्तिविरुद्धको कसूरमा १ हजार जरिवानाको फैसला गरेका थिए। उनको उल्ट्याउँदै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जनार्दन भट्टराईको इजालासले सोमबार सफाइ दिएको हो । नेपालका तर्फबाट अधिवक्ता सुजित केसीले बहस गरेका थिए ।

२०७५ भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा अभियन्ता नेपाललाई प्रहरीले पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसूरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.