ग्रिस पठाई दिन्छु भन्दै १२ लाख ठग्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 25 | 03:30 pm 2663

काठमाडौं, असोज ९ : विभिन्न प्रलोभन देखाइ युरोपको ग्रिस पठाइ दिन्छु भन्दै १२ लाख ठग्ने पक्राउ परेका छन् । स्थाई घर वाग्लुङ, ढोरपाटन नगरपालिका-७ भर्इ हाल काठमाडौं, टोखा बस्दै आएका ३७ वर्षीय विर बहादुर अदै आइतबार पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) महाराजगंजका अनुसार अदैले पीडितबाट १२ लाख लिएर टर्की पुर्‍याई अलपत्र छाडेको थिए । पीडितलाई टर्कीमा ४५ दिनसम्म शारीरिक तथा मानसिक यातना दिँदै राखेको समेत सिआइबीले जनाएको छ ।

टर्कीबाट भागेर नेपालमा आई पीडितले दिएको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी जाहेरीको आधारमा अदैलाई सिआईबीबो टोलीले पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.