ग्रिजम्यानको दुर्इ गोलले फ्रान्सले जर्मनीलाई पाखा लगायो

रिपोर्ट नेपाल | 2018 Oct 17 | 11:27 am 2124

काठमाडौं, असोज ३१: एन्टोनी ग्रिजम्यानको दुई गोलको मद्दतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ ।

नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो ।

खेलमा अग्रता भने जर्मनीले लिएको थियो । १४ औं मिनेटमा टोनी क्रुजको पेनाल्टी गोलमा जर्मनीले अग्रता लिएको थियो ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ६२ औं मिनेटमा ग्रिजम्यानले बराबरी गोल गरे भने ८० औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै जित दिलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.