ग्राहक संरक्षण कोष मार्फत सदस्यलाई अनुदान

रिपोर्ट नेपाल | 2020 Sep 23 | 03:30 pm 1935

दाङ, असोज ७ः महिला सामुदायिक लघुबित्त बित्तीय सस्थाले उद्यम बिकास कार्यक्रम प्रबर्द्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहलाई संस्थागत ग्रहक संरक्षण कोष मार्फत ब्यबसाय प्रबर्द्धन लागि अनुदान बितरण गर्न सुरु गरेको छ । सस्थाले बिभिन्न सात जिल्लामा रहेका आफ्ना ग्राहकलाई अनुदान रकम बितरण गर्न सुरु गरेको हो ।

संस्थाले हरेक सदस्यलाई २५ हजारका दरले अनुदान रकम बितरण गर्न सुरु गरेको छ । यसैक्रममा संस्थाले दाङका तीन पालिकामा औपचारिक कार्यक्रम गरेर अनुदान रकम बितरण गरेको छ ।

जिल्लाका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा रहेका १५ जना सदस्यलाई २५ हजारका दरले रकम बितरण गरेको जनाइएको छ । ब्यबसायमा लागेका तथा ब्यबसायका लागि उद्धत रहेका सदस्यलाई अनुदान रकम बितरण गरिएको संस्थाका प्रमुख कार्यकारी प्रमुख बिमला योगीले जानकारी दिइन् ।

अनुदान रकम बितरण कार्यक्रमलाई सम्बोधन गर्दै बबई गाउँपालिका उपाध्यक्ष साबित्रा बिश्वकर्माले महिलाको नेतृत्व र क्षमता बिकासका लागि महिला सामुदायिक लघुबित्त बित्तीय सस्थाले महत्वपुर्ण भूमिका खेलेको बताएका थिइन् ।

सस्थाका कार्यकारी प्रमुख योगीले कार्यक्रमको बिषय तथा स्वागतबाट सुरु भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पिमा खड्का, शान्तिनगर गाउँपालिका ३ का वडाध्यक्ष बुद्धिराम तिवारी, वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर केसीले मन्तब्य राखेका थिए ।

सस्थाका अध्यक्ष गीता गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लघुबित्त बित्तीय सस्थाका जिल्ला संयोजक अर्निल गिरीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.