ग्रामीण बैंक लघुवित्तको नयाँ कार्यसमिति

| 2021 Aug 23 | 03:34 pm 2961

काठमाठौं, भदौ ७ः ग्रामीण विकास लघुबित्त बित्तिय संस्था लिमिटेड केन्द्रीय समितिको निर्वाचन गत भदौ ५ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थान बुटवलमा सम्पन्न भएको छ ।

जस अनुसार संथापक शेयरधनीको समुहबाट फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रा.लि.का तर्फबाट शिवहरी दंगाल र ने.बैं.लि.का तर्फबाट लेखनाथ भुषाल सर्वसम्मतबाट निर्विरोध निर्वाचित हुनुभएको छ ।

No description available.

यसैगरी सर्वसाधारण शेयरधनीहरुको समुहबाट संकल्प डिजाइन एण्ड डेभलपर्स प्रा.लि.का तर्फबाट श्री मनोज कुमार खड्का र सर्वसाधारण समुहबाट भरतराज कोइराला क्रमश निर्वाचित हुनु भएको थियो ।

यसरी सर्वसाधारणतर्फ सम्पन्न २ जना संचालक पदका लागि उम्मेदवार हुनु भएका ३ जना मध्ये खड्काले करिब आठ लाख भन्दा बढी, दोस्रो हुने कोइरालाले करिब सात लाख र उहाँका निकटतम प्रतिद्वन्दी सुशिल थापाले ४ लाख ३९ हजार ५ सय ८२ मत प्राप्त गरी तेस्रो हुनु भएको थियो । थापा बहाल वाला संचालक हुनुहुन्थ्यो ।

No description available.

स्मरणीय छ– सो संस्थामा नेपाल बैंकका तर्फबाट प्रतिनिधि लेखनाथ भुषाल, नेपाल राष्ट्र बैंकका तर्फबाट सुदिप फुयाँल र अर्थमन्त्रालयबाट उप–सचिव चण्डीप्रसाद घिमिरेले प्रतिनिधित्व गर्नु भएको छ । जसमध्ये नव निर्वाचित बोर्डले यस अघिकै अध्यक्ष घिमिरेलाई आगामी कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित गरेको कुरा प्राप्त समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.