ग्याँस विस्फोट हुँदा चारको मृत्यु

| 2019 Mar 25 | 07:51 pm 2425

सिन्धुपाल्चोक, चैत्र ११ : भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री हाइड्रो पावरको भान्सामा एलपी ग्याँसको सिलिण्डर विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

उक्त हाइड्रो पावरमा कार्यरत मजदुरले खाजा पाकाउँदा आज (सोमबार) अपराह्न पौने पाँच बजे सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

एसपी मरासिनीका अनुसार सिलिण्डर विस्फोट पछि २ जना मजदुर बेपत्ता भएकाहरु पनि पत्ता लागि सकेकाे छ । मृत्यु भएकाहरुको पहिचान भने खुल्न बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.