नुवाकोट, भदौ ५ः गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राय पर्नेमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङ रहेका छन् । उनीहरुलाई तारकेश्वर गाउँपालिका–५ बाट बिहीबार राति पक्राउ गरेको हो ।
काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा उनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी नुवाकोटका प्रहरी निरीक्षक बिष्णु फुयालले जानकारी दिए ।
प्रहरी निरीक्षक फुयालका अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।