गौरमा गोली चल्यो, गोली लागी एक भारतीय नागरिक घाइते

| 2019 Oct 30 | 08:39 pm 1554

रौतहट, कात्तिक १३: बुधबार साँझ सदरमुका गौरमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् ।

गौर नगरपालिका–३ मा गोली चल्दा भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय साह घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ।

साहले दिएको जानकारी अनुसार कपडा तस्करले उनलाई गोली प्रहार गरेको आरोप लगाएका छन्। गौरको वडा नम्बर ३ स्थित विद्युत प्राधिकरण अगाडि उनीमाथि गोली हानिएको प्रहरीले जानकारी दिए।

गोली हानी घाइते बनाउने भारतीय नागरिक नरेश राम भएको साहले बताए । उनीहरुबीच आपसी विवादका कारण गोली प्रहार गरिएको प्रहरीको अनुमान छ।

घाइते साहको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.