गौचन र तिवारी हत्यामा संलग्न तीनै जनालाई जेल चलान

| 2018 Oct 31 | 09:34 pm 1836

काठमाडौँ, कात्तिक १४ :  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ।
२०७४ असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा महाशाखाको टोलीले यही १२ गते कात्तिक पक्राउ गरेका झापाका सोम तामाङ (लोप्साङ), काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई आज बुधबार डिल्लीबजार कारागार चलान गरेको छ।

पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए।

गत सोमबार महाशाखाको टोलीले पूर्व झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई पक्राउ गरेको थियो । उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेका बुझिएको छ ।

उनीहरुले दावा लामामाथि २०७३ चैतमा गोली प्रहार गरेका पनि प्रहरीले जानकारी दिएका छन् । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.