गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा सिल

रिपोर्ट नेपाल | 2019 Sep 03 | 07:17 am 1473

नुवाकोट, भदाै १७ : नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा आज जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासनले उद्योगमा सिल लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार कम्पनीमार्फत बजारमा बिक्रीका लागि पठाएको पानीको जारमा किरा रहेको उजुरी उपभोक्ताबाट आएपछि कारवाहीका लागि सिल गरेर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।

“उद्योगबाट सङ्कलन गरिएका दुई थान नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने छ”, पोखरेलले भने, “नमूनाको नतिजाका आधारमा बाँकी कारवाही अघि बढ्नेछ ।” उक्त कम्पनीमा सिल गरेसगैँ त्यहाँबाट उत्पादित पानी बिक्री नगर्न पनि पत्रमार्फत सचेत गराइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.