गोली लागेर दाङमा एकजनाको मृत्यु

| 2022 May 28 | 12:00 pm 1681

दाङ, जेठ १४: दाङमा गोली लागेर एकजनाको  मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर १ बौराहका २३ वर्षीय कालुराम घर्ती मगर रहेका छन्।

बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका उनको गोली लागी मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

उनको घाँटीमा गोली लागेको छ। घटनामा सँलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.