बुटवल, चैत १४ः गएराति सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङ रहेका छन् ।
गोली लागेर गुङकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।
जंगल विकट क्षेत्रमा हुँदा पैदल जानुपर्ने भएको घटनाको पूरा अनुसन्धान गर्न ढिला भएको प्रहरीले जनाएको छ ।