गोरु चराउन जंगल गएकी महिला भीर खस्याे

रिपोर्ट नेपाल | 2019 Apr 02 | 01:14 pm 2737

बाजुरा, चैत १९ :  गौमुल गाउँपालिका–१ दुर्गालीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यू हुनेमा ३५ वर्षीया साउनी रोकाया रहेकी छन्।

गोरु चराउन जंगलमा गएको बेला गोरु फर्काउने क्रममा चिप्लिएर भीरबाट लडेर घाइते भएकी थिइन्। घाइते रोकायालाई उपचारका लागि स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.