गोरु काटेको आरोपमा दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2021 Aug 02 | 03:36 pm 1185

इटहरी, साउन १८: गोरु काटेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट दुईजना पक्राउ परेका छन् । गत साउन १६ गते शनिबार राति बराहक्षेत्र ७ बुद्धचोकमा गोरु काटेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले ३२ वर्षीय तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राईलाई पक्राउ गरेको हो ।

स्थानीय चन्द्रबहादुर तामाङको घर पछाडि मासु काटिरहेको अवस्थामा फेला परेका उनीहरुमाथि पशुपंक्षीसम्बन्धी कसुर मुद्धामा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.