गोरुले कुल्चिदा बैतडीमा एक बृद्धाको मृत्यु

| 2020 Nov 05 | 03:58 pm 1989

बैतडी, कात्तिक २०ः गोरुले कुल्चिदा बैतडीमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलकी ६० बर्षीया जयन्ती भण्डारी रहेका छन् ।

घर नजिकैको खेतमा गहुँ छर्ने क्रममा भण्डारीलाई गोरुले कुल्चेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गोरुले कुल्चेर गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.