गोदावरी नगरपालिका १३ मा एक व्यक्ति मृत अवस्थामा फेला

रिपोर्ट नेपाल | 2019 May 27 | 10:14 am 2537

ललितपुर, जेठ १३:  गोदावरी नगरपालिका १३ , झरुवारासीस्थित पोखरीटार नजिक सोमबार  एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । त्यहाँ रहेको नवज्योति स्कुल परिसर पछाडी रहेको सल्लाघारी छेउमा स्थानीय ५० वर्षीय उत्तम केसी मृत भेटिएका हुन् ।

घटनाको अवस्था र प्रकृतिलाई हेर्दा  उनकाे  अत्याधिक मादक पदार्थ सेवनबाट  ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ । घटनाको मुचुल्का तयार पारी अहिले पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । मृतक केसीका दुई छोराहरु छन् । उनी कराँते खेलका प्रशिक्षकसमेत रहेकाे बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.