गुल्मी, पुस ५: गएराति इस्मा गाउँपालिका–३ स्थित तोरीपाटामा एक गोठमा आगलागी हुँदा आगलागीमा परी एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा ४५ वर्षीय नरबहादुर नेपाली रहेको वडा अध्यक्ष तोयानाथ सापकोटाले जानकारी दिए ।
वडाध्यक्षका अनुसार स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगो लागेको र सोही गोठमा सुतेका नरबहादुरको जलेर मृत्यु भएको बुझिएको छ । गोठमा बाँधिएका एक हल गोरु र एउटा भैंसीसमेत जलेका छन् ।
घटनाबारे थप अनुसन्धानको लागि प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको बताइएको छ ।