कञ्चनपुर, माघ २४: शुक्रबार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका १ स्थित गोठमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा दश वर्षीया श्रृष्टि ऐर रहेको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए।
घरनजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा बालिकाको जलेर मृत्यु भएको हो ।
आगलागीको कारण भने खुल्न सकेको छैन, घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताइएको छ ।
गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ, प्रहरी सहायक निरीक्षक पन्तले भने, आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ।
उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।