गैर आवासीय युएईमा कमल कार्की सदस्यमा निर्वाचित

रिपोर्ट नेपाल | 2023 Jul 31 | 02:11 pm 2017

काठमाडाैं, साउन १५ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएई ‍(नेपाल एशोशियसन) को महाधिवेशन हालै सम्पन्न भएको छ ।

युएईमा भएकाे महाधिवेशनले नयाँ कार्य समितिको चयन गरेको छ । महाधिवेशनमा गुल्मी जिल्ला दरवार गाउँपालिका गैडाकाेट बजारका कमलजंग कार्की सदस्य पदमा निर्वाचित भएका छन् ।

समाजसेवामा रमाउने कार्की युएईका यूवा माझ लाेकप्रिय मानिन्छन् । युएई जानु अघि कार्कीले आफ्नो जन्मस्थानको क्लवमा सकृय समाजसेवी यूवा हुन् । लोकगीत गायनमा दख्खल राख्ने कार्कीको वीजयबाट उनको जन्मथलो गुल्मेलीको बधाई दिने ओइरो लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.