गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु

| 2019 Apr 30 | 08:49 am 5602

चितवन, वैशाख १७ : गैँडाको आक्रमण परी भरतपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राति स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा करिब ९ बजे तिर महतोलाई गैँडाले आक्रमण गरेको थियो। गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.