गैंडाको खाग सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 27 | 02:30 pm 1790

काठमाडौं, असार  १२:  काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग जस्तो देखिने बस्तु १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने गोरखा चुमनुब्री गाउँपालिका-३ सिर्दिबासका ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ  महादेववेशि थाक्रे गाउँपालिका-६ का  ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ  महादेव वेशि थाक्रे गाउँपालिका-११ का  ३४ वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका छन् ।

लाल बहादुर गुरुङ लगायतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा बिक्री बितरण कारोबार गरिरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लालबहादुरको डेराकोठा खानतलासी गर्दा उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दीए ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.