गैंडाको खागसहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 11 | 05:13 pm 2878

काठमाडौं, मंसिर २६ः संरक्षित वन्य जन्तु गैंडाको खागसहित पाँच जनालाई महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कामनपा २४ झोंछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका ६ का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ रहेका छन् ।

उक्त सामाग्री अवैध रुपमा कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अपराध महाशाखाबाट बिहीबार खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका १५ स्वयम्भु किमडोलबाट पक्राउ गरेको महाशाखाले जानकारी दिएको हो ।

उनीहरुले गैंडाको खाग भनि बिक्रि वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा गैंडाको खाग जस्तो वस्तु बरामद तथा पक्राउ गरी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महाशाखाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.