गृहमन्त्री सवार हेलिकाेप्टर रामेछापमा आकस्मिक अवतरण, माैसम सुधारपछि गन्तव्य तर्फ

| 2019 Sep 28 | 02:26 pm 2099

रामेछाप, असाेज ११: गृहमन्त्री रामबहादुर थापा बादल चढेको हेलिकोप्टर रामेछापमा आकस्मिक अवतरण गरिएको छ ।

मौसम प्रतिकूलताका कारण प्रदेश २ को सुरक्षा गोष्ठीमा भाग लिन जनकपुर जाँदै गरेका गृहमन्त्री बादल सवार एमआई – १७ हेलिकोप्टर रामेछाप विमानस्थलमा अवतरण गरिएकाे रामेछाप प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

सिन्धुली तर्फको रुट हुँदै जनकपुर जाँदै गरेको हेलिकोप्टर अचानक रामेछाप अवतरण गरिएकाे थियाे, तर अहिले माैसममा सुधार भएपछि जनकपुरका तर्फ  हेलिकाेप्टर उडेकाे प्रमुख जिल्ला अधिकारी  केसीले  बताइन् ।

हेलिकोप्टरमा गृहमन्त्रीका साथ गृह सचिव प्रेमकुमार राई र उच्च सुरक्षा अधिकारीहरु समेत रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.