वीरगन्ज, भदाै १० । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगन्ज आइपुगेका गृहमन्त्री नारायण काजी श्रेष्ठविरुद्ध नाराबाजी गरी कालाे झण्डा देखाउने ५ जना युवा पक्राउ परेका छन्।
उनीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । आइतबार बिहान हिन्दु स्वयम् सेवक संघका युवाहरुले गौहत्या गर्नेलाई कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।
पक्राउ पर्नेमा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दु स्वयंम सेवक संघले जनाएको छ।