काठमाडौं, साउन १२: गुल्मीका पहिरोबाट पीडित बनेका परिवारलाई कला रेगामी मगरले ५ हजार नगद सहयोग गरेकी छन् । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर २ ग्वादी निवासी बाबु चेतबहादुर रेगामी र आमा लाली थापा रेगामीको कान्छी सुपुत्रीका रुपमा जन्मीएकी कला अरुको दुःख पीडालाई आफ्नै जस्तो सम्झने कोमल मन भएकी नारी हुन् ।

काठमाडौंको गौरीघाटमा महिला सिलाई कटाई व्यवसाय गर्दै आएकी रेगामी थुप्रै सामाजिक सेवामा सरिक भइसकेकी छन् । जन्मथलो गुल्मी भएपनि विपतका घटनाहरु भएको ठाउँका लागि स्वत स्फूर्त सहयोग गर्ने कलाको दया उल्लेख गर्ने लायकको छ । परिवारमा सबै भन्दा कान्छी भएर जन्मीए पनि उनी घर परिवारको अभिभावकले भन्दा कम जिम्मेवार पूरा गरेकी छैनन् ।
थोपा थोपाले घैला भरिन्छ भन्ने राम्रोसँग बुझेकी कलाले आफ्नो परिश्रमको रकम पहिरो पीडितलाई प्रदान गरेर सप्ताह लगाए भन्दा कम धर्म प्राप्त गरेकी छैनन् । उनको दानवीर स्वभाव र सहयोगी मन सधै कृयाशिल रहोस कलाको उत्तरोत्तर प्रगतिको शुभकामना ।
यस्तो विपत्तीका समयमा सहयोग गर्न चाहाने दानवीरलाई रिपोर्ट नेपालको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा रहेको चल्ती हिसाब नम्बर १४२०००४८५४०१ मा जम्मा गरेको भौचर वा नगदका साथै पारिवारीक पृष्ठभूमि उपलब्ध गराइदिन कला रेगामीले आग्रह गरेकी छन् ।