गुल्मेली अधिकृत समाजको रक्तदान कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2023 Jun 24 | 03:56 pm 2489

काठमाडौं, असार ९ । गुल्मी जिल्लाको विभिन्न पालिकाहरुमा जन्म भई विभिन्न सेवामा आवद्ध कर्मचारीहरुको छाता संगठन गुल्मेली अधिकृत समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल सरकारका सचिव तथा अधिकृत समाजका अध्यक्ष डा. रामप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव तथा समाजका संस्थापक अध्यक्ष लिलामणी पौडेल सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा समाजका पूर्व अध्यक्ष शैलेन्द्र खनालको समेत उपस्थिती रहेको थियो ।

अधिकृत समाजको दशौं वार्षिकोत्सवको अवसरमा आयोजीत रक्तदान कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरले रक्तदान जस्तो अन्यको ज्यान बचाउने कार्यक्रम राखेर अधिकृत समाजले प्रशंसनीय कार्य गरेको बताए । नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले समाजले जिल्लाको समग्र विकासका लागि पनि कार्य गर्नु पर्ने बताएका थिए ।

रक्तदान योगराज कंडेलको संयोजक र कविराज श्रेष्ठको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.