काठमाडौं, चैत २९ः गुल्मेली अधिकृत समाजको बैठक सम्पन्न भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद खरेलको अध्यक्षतामा बैठक बसी निम्नानुसार निर्णय गरिएको छ ।

बैठकले गरेको निर्णयहरूमा आगामी २०८० साल बैसाख २ गते शनिवार दिउंसो १२ः१५ देखि बुद्द नगर पार्टी प्यालेस वुद्ध नगर काठमाण्डौमा हुने समाजको छैठौं साधारण सभा भव्य रूपमा सम्पन्न गर्न आवश्यक पूर्व तयारी बारे छलफल।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मी तमघासबाट आएका अध्यक्ष ईश्वरी पौडेल, उपाध्यक्षद्वय मृगेन्द्र प्रसाद श्रेष्ठ र राम प्रसाद पन्थी तथा वरिष्ठ पत्रकार महेन्द्र पाण्डेसहित रेसुङ्गा संरक्षण समितिको तर्फबाट मिति २०८० बैशाख २३ गते देखि ३१ गतेसम्म रेसुङ्गा संरक्षण समितिले आयोजना गर्न लागेको श्रीराम महायज्ञमा गुल्मेली अधिकृत समाज परिवारलाई निमन्त्रणा गरेकोमा हार्दिक धन्यवाद दिदै सवै पदाधिकारी तथा आजीवन सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गर्ने एवं संस्थागत रूपमा उपस्थिति जनाउने भएको छ ।