काठमाडौं, असार १४: काठमाडौं उपत्यकामा विभिन्न मन्त्रालय अन्तर्गत कार्यालयमा कार्यरत गुल्मेली अधिकृतहरुको छाता संगठन गुल्मेली अधिकृत समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका कोषाध्यक्ष अर्जुनप्रसाद आचार्यका अनुसार समाजको छैटौं बार्षिकोत्सवका अवसरमा रक्तदान गरिएको हो । शंखमुलको एआईए स्कुलमा गरिएको रक्तदना कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।

काठमाडौं भ्यालीका अस्पतालहरुमा रगतको अत्यधिक माग भइरहेका बेला समाजले रक्तदान जस्तो पवित्र कार्य गरेको छ । ग्राण्डी अस्पतालका प्राविधिक टोलीले स्वास्थ्य परिक्षण गरी रगत निकाल्ने कार्य गरेका थिए ।

रक्तदाताहरुलाई पूर्व मन्त्री हरि न्यौपाने, पूर्व सचिव तीर्थ कोइराला र अधिकृत समाजका अध्यक्ष शंकर खरेलले प्रमाणपत्र प्रदान गरेका थिए ।

सुरुका दिनमा अधिकृतको भेलाले अधिकृत समाज नामाकरण गरे पनि तमाम गुल्मेली कर्मचारीले सबै दर्जालाई समावेश गरी राष्ट्र सेवक समाज गठनका लागि आवाज उठाउँदै आएका छन् ।

