गुल्मी १ को (ख) मा कांग्रेसका कार्की विजयी

| 2022 Nov 25 | 06:03 pm 2333

गुल्मी, मङ्सिर ९ः गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की विजयी भएका छन्। कार्की १८ हजार ५ सय ९६ मत ल्याएर प्रदेश सभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का फर्सु पाण्डे १७ हजार ९ सय ९१ मत ल्याएर पराजित भए । कार्की ६०५ मतान्तरले विजयी भएका हुन् । कार्की २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.