गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुको संयुक्त आयोजनामा एकल तीज नृत्य प्रतियोगिता

रिपोर्ट नेपाल | 2020 Aug 10 | 01:53 pm 2075

  • कौरव खत्री

गुल्मी, साउन २६ः गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजनामा नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा एकल तीज नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

कोभिड १९ को प्रभावले गर्दा खुला ठाँउमा बाहिर जमघट गरी तीज कार्यक्रम गर्न नसकिने भएकोले यस बर्ष भने अनलाइन मार्फत एकल तीज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको पहिलो चरणमा यहि साउन ३१ गते भित्र आफ्नो प्रस्तुतीको भिडियो पठाइसक्नु पर्ने र अन्तिम फाइलन प्रतियोगिता भने आउँदो भाद्र ५ गते आयोजना गरिने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले कोभिड १९ को कारणले गर्दा हाम्रो मौलिक संस्कृतिको जर्गेना गर्नका एकल तीज नृत्य प्रतियोगिता आयोजन ागर्न लागेको समाजले जनाएको छ ।

साथै, प्रतियोगितामा नेपाल सहित अष्ट्रेलिया र न्यूजिरल्याण्ड देशभित्र रहेका नेपाली कलाकारहरुले एकल नृत्य प्रतियोगितामा सहभागिता जनाउन सक्ने समाजले जनाएको छ । सहभागिता जनाउनका लागि समाजको इमेल आइडी [email protected] मा आफ्नो प्रस्तुतीको भिडियो मेल गर्न सकिने समाजले जनाएको छ ।

साथै प्रतियोगिता बारेमा विस्तृत जानकारीको लागि तलको लिंक मार्फत सम्पूर्ण जानकारी लिन सकिने छ ।

त्यस्तै तीजको नृत्य प्रतियोगितामा कलाकारहरुले आफ्नो प्रस्तुतीको भिडियोहरु संकलन गरी त्यसैका आधारमा मूल्याङ्कन गरिने छ ।

त्यस्तै मूल्याङ्कन बरिष्ठ कलाकार बोम बहादुर कार्की, राष्ट्रिय कलाकार मञ्जु पौडेल, सायद श्रेष्ठ, कृति खनाल, विदुर शिवाकोटीबाट हुने जनाइएको छ । तीज नृत्य प्रतियोगितामा विशेष गरी तीजको पुरानो मौलिकपन र कला संस्कृति बोकेको नृत्यलाई प्राथमिकता दिइने जनाएको छ ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले पहिलो पटक आयोजना गर्न लागिरहेको एकल तीज नृत्य प्रतियोगिमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश नगद ६३ हजार, ४२हजार ५ सय, २१हजार र सम्मान पत्र प्रदान गरिने गुल्मी समाजका सचिव अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.