गुल्मी, चैत्र ८ : उद्योगी व्यपारीहरुको एक मात्र छाता संगठन गुल्मी उद्योग वाणिज्य संघको भोली शनिबार अधिवेशन हुँदैछ । अधिवेशनमा यस अघि सर्वसम्मत अध्यक्ष बनेका दुर्गाप्रसाद पाण्डे र श्रीप्रसाद भलामीको नेतृत्वमा प्यानल बनाई चुनाव हुने भएको छ ।
श्रीप्रसाद भलामीको नेतृत्वमा लोकतान्त्रिक समुहको उम्मेदवार रहेको छ भने दुर्गाप्रसाद पाण्डेले नेतृत्व गर्ने प्यानललाई मुलधारको साझा प्यानल नाम दिइएको छ । श्रीप्रसाद भलामीको नेतृत्वमा रहेको लोकतान्त्रिक प्यानलको उपाध्यक्षमा इश्वरीप्रसाद भलामी, मृगेन्द्रप्रसाद श्रेष्ठ, रामप्रसाद पन्थी रहेका छन् ।
त्यसै गरी महासचिवमा ताराप्रसाद भुसाल, सचिव राजकुमार कक्षपती, कोषध्यक्ष इश्वरी वेलवासे, सह–कोषध्यक्ष मनिराम अर्याल रहेका छन् । त्यसै गरी सदस्यमा गणेश पाण्डेय, गोपाल भुसाल, विष्णुप्रसाद अधिकारी, इश्वरी कडेल, चेतनारायण पाण्डे, निरोज मिरासिनी, अर्जुन कार्की, निर्मला केसी, शिला श्रेष्ठ र ज्ञानहरि सापकोटाले उम्मेदवार दिने भएका छन् ।
त्यस्तै दुर्गा पाण्डेले नेतृत्व गर्ने प्यानलबाट उपाध्यक्ष रेमलाल पाण्डे, वीरेन्द्र भुसाल, दुर्गाचन्द्र बोहरा, महासचिवमा रामप्रसाद पन्थी, सचिव फर्शु पाण्डे, कोषध्यक्ष रामु सुनार, सह–कोषध्यक्ष खड्क श्रेष्ठ रहेका छन् । त्यसै गरी सदस्यमा सीता विश्वकर्मा, बालकुमारी कुँवर, यज्ञ पन्थी, खिमलाल पण्डे, लालमणी आचार्य, खुशदिन अली, हरि न्यौपाने, देवीराम खनाल, प्रेम घिमिरे र युवराज पाण्डे उम्मेदवार बनेका छन् ।