गुल्मी, साउन ७ : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको आयोजनामा आज सोमबार देखि १२ गते सम्म संचालन हुने जिल्ला विपत प्रतिकार्य समूह तालिमको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको एक समारोह बीच उद्घाटन गरेका छन् ।
आफ्नो उद्घाटन मन्तव्य राख्दै सेवा नै धर्म भएकोले विपद परेका बेला सहायेग गर्ने संघसंस्था र त्यसका प्रतिनिधिहरु सबैका आँखामा प्रशंसाको पात्र बन्ने भएकोले तालिममा सहभागी सबैलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरेका थिए
। जिल्ला शाखाका सभापति अनुपकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख प्रशिक्षक महेशचन्द्र गौतमले तालिम गर्नु मात्र ठूलो कुरा नभएर यसको उपयोगिताको बारे चर्चा गर्दै तालिमले विपद व्यवस्थापनमा गर्ने सहयोगका बारेमा प्रकाश पारेका थिए ।
विपद् उत्थानशिल समुदाय निर्माणका लागि सामुदायिक पहल (सिओआरडी) का कार्यक्रम संयोजक अन्जन आचार्यले तालिमको उपयोगिताबारे प्रशिक्षार्थीलाई अवगत गराएका थिए ।
जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थित रहेको उक्त कार्यक्रमको तालिममा स्थानीय निकायका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि प्रशिक्षार्थीका रुपमा रहने छन् ।
छ दिन सम्म चल्ने उक्त तालिममा कृष्ण खनाल, डिवी पछाई र उत्तम शर्मा लगाएतका प्रशिक्षकले प्रशिक्षर्थीलाई विषयगत प्रशिक्षण दिने रेडक्रस गुल्मीले जनाएको छ ।