गुल्मी, असोज १० । नेपालको सबैभन्दा जेठो लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेस गुल्मी दरवार गाँउपालिकाको प्रथम गाँउ सम्मेलन हुने भएको छ ।
गाँउपालिकाका सभापति प्रेम पुनका अनुसार समेमेलनमा भव्यरुपमा उपस्थिति गराउनका लागि पालिकाका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका सदस्य क्षेत्रीय र प्रदेश समितिका सदस्य लगायत गाँउपालिकाका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । असोज १३ गते शनिवार गाैडाकोटमा हुने प्रथम सम्मेलनको सम्भवत नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले उद्घाटन गर्ने छन् ।
संगठन विना पनि कांग्रेस माैलाएको भन्नेहरुलाई कांग्रेसको संगठनको शुरुवाती भएको सन्देश सम्मेलनले दिने बताइएको छ । प्रमुख राजमार्गमा हुने पालिकाको कांग्रेस सम्मेलनमा सहभागिता जनाउन छिमेकी पालिकाका कार्यकर्ताको समेत उपस्थिति रहने आयोजकले जनाएका छन् ।