गुल्मी, चैत ९ : जिल्लामा एसइई दिनबाट ४१ जना बञ्चित भएका छन् । यही चैत १० गते आईतबारबाट सुरु हुने एसइई परिक्षामा ४१ जना मध्ये २८ जना छात्रा र १३ जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेका अनुसार ४१ जना छात्र छात्राहरुले नियमित विद्यालयमा हाजीर नभएको, विद्यालय संचालनमा आएको दिनको ७५ प्रतिशत दिन विद्यालयमा हाजीर नभएका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएको जानकारी दिए ।
घिमिरेका अनुसार गुल्मी जिल्लामा कूल २७ वटा केन्द्रहरु निर्धारण गरिएको भन्दै एसइई परीक्षा शान्त वातावरणमा सम्पन्न गर्ने गरी व्यवस्था मिलाएको बताएका छन् ।