गुल्मी क्षेत्र नं . २ मा मतगणना सुरू

| 2022 Nov 21 | 05:58 pm 1573

गुल्मी, मंसिर ५ः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणनाका लागि गुल्मीमा सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न गरी मतगणना सुरू भएको छ ।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा गुल्मीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश वसन्तराज पौडेलको संयोजकत्वमा बैठक सम्पन्न भएकाे हो ।

क्षेत्र नं . २ को मतपत्र रेसुंगा बहुमुखी क्याम्पसमा भण्डारणा गरिएको थियाे । सर्वदलीय बैठक पश्चात अपरान्ह साढे ५ बजेबाट क्षेत्र नं २ काे (क) इस्मा गाउँपालिकाकाे १ नम्बर वडाबाट मतगणना सुरू गरिएकाे बताइएकाे छ । मतगणना रेसुंगा बहुमुखी क्याम्पसमै गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.