गुल्मी, असार ३ः नेपाली कांग्रेस साविक हुँगा गाउँ विकास समितिका पूर्व सभापति एवम् क्षेत्रिय प्रतिनिधि मार्कण्ड भण्डारीलाई मातृशोक परेको छ ।
६६ वर्षीय भण्डारीकी आमा निरकला भण्डारीको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
मिर्गौला रोगबाट पीडित स्वर्गीय निरकलाको पार्थिव शरीरमा छोरा मार्कण्डले दागवत्ती दिएका थिए । पवित्र तिर्थस्थल कालिगण्डकीको किनारमा उहाँको अन्तिम संस्कार गरिएको थियो ।
नेपाली कांग्रेसकी कृयाशिल सदस्य समेत रहेकी भण्डारीको पार्थिव शरीरमा वडा सभापति महेश्वर भण्डारी र युवा नेता मोतीलाल भण्डारीले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले मार्कण्ड भण्डारी परिवार प्रति समवेदना प्रकट गर्दै मातृत्वको बैकुण्ठको बासको कामना गरेका छन् ।
भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले गुल्मी कांग्रेसले एक सच्चा अभिभावक गुमाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय भण्डारीका एक छोरा र एक छोरी रहेका छन् ।