गुल्मी कांग्रेसले सबै वडामा कार्यक्रम गर्ने

| 2023 Feb 19 | 07:20 am 1317

गुल्मी, फागुन ७ः नेपाली कांग्रेस गुल्मीले जिल्लाका ९३ वटै वडामा आज फागुन ७ गते आइतबार प्रजातन्त्र दिवस मनाउने भएको छ । गत माघ १० गतेको कार्य समिति बैठकमा वडा सम्मेलन सहित प्रजातन्त्र दिवस मानाउने निर्णय गरेको थियो ।

गत फागुन ३ गते राती नेपाली कांग्रेसका नेता तथा क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारीको खाना पकाउने ग्यास लिक भएका कारण आगलागि हुँदा घाइते भएका थिए ।

आमा हरीकला भण्डारीको ४ गते बिहान निधन भइसकेको छ भने नेता भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ ।

यहि घटनालाई लिएर केहि वडाहरु अन्यौलमा रहेको भन्दै नेपाली कांग्रेस गुल्मीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम गर्न अपिल गरेको छ ।

कार्यक्रममा स्वर्गीय आमा प्रति श्रद्धाञ्जली र नेता चन्द्र भण्डारीको स्वास्थ्य लाभको कामना गर्ने विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

May be an image of text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.