गुल्मी अधिकृत समाजले रक्तदान गर्ने

रिपोर्ट नेपाल | 2019 Jun 14 | 09:46 am 2405

काठमाडौं, जेठ ३१:  गुल्मी जिल्लामा जन्मीएर विभिन्न स्थानमा सेवारत अधिकृतहरुको संस्था गुल्मेली अधिकृत समाजले छैठौं वार्षिकोत्सवका अवसरमा रक्तदान गर्ने भएको छ ।

समाजका अध्यक्ष शंकर खरेलको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समाजका कोषध्यक्ष अर्जुनप्रसाद आचार्यका अनुसार असार १४ गते शनिबारका दिन उक्त कार्यक्रम राखिएको हो ।

कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउनका लागि समाजका सदस्य योगराज कँडेलको संयोजकत्वमा रक्तदान व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रहरी बरिष्ठ उपरीक्षक घनश्याम अर्याल, नेपाली सेनाका महासेनानी रामबहादुर अर्याल र सशस्त्र प्रहरीका उपरीक्षक रत्न पोख्रेल रहेका छन् ।

समाजले भदौमा स्मारीका प्रकाशन गर्ने भएको छ । त्यसका लागि सह–सचिव हुमकला पाण्डेको संयोजकत्वमा महासचिव टंक पाण्डे, कोषाध्यक्ष अर्जुन आचार्य, सचिव कविराज श्रेष्ठ, सदस्य योगराज कँडेल, शिवराज मरासिनी, डिलराम पन्थी सदस्य रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.