गुल्मी, भदाै १८ । इस्मा गाउँपालिका-५ की हराइरहेकी ७० वर्षीया वृद्धा मृत फेला परेकी छिन् । विगत आठ दिनदेखि हराइरहेकी ज्ञानुमाया बस्नेत साेमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशाेर प्रधानले जानकारी दिए ।
उनका अनुसार, हराइरहेकी बस्नेत गाउँपालिकाकाे वडा नम्बर ४ कुबिन्ने भन्ने स्थानकाे जंगलमा मृत फेला परेकी हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको छ ।