गुल्मीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी घाईते

| 2018 Sep 06 | 01:49 pm 2402

गुल्मी, भदौ २० : गुल्मीको मालिका गाउँपालिकामा रहेको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । कुटपिटवाट शक्त घाईते भएको एक विद्यार्थीको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको छ ।

उक्त विद्यालयका शिक्षकहरु खुमलाल पन्थी र हिमाल घर्तिले विद्यार्थीहरुमाथि कुटपिट गरेको र कुटपिटवाट विद्यार्थीहरु घाईते बनेको विद्यार्थीका अभिभावकहरुले बताएका छन् । कुटपिटवाट सक्त घाईते बनेका सोही विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी नवीन अर्यालको अहिले पाल्पा प्रवासमा उपचार भईरहेको छ ।

उनको शरिरका विभिन्न भागमा निला डामहरु रहेको र टाउकोको बाहिरि भागमा चोट नदेखिए पनि भित्री भागमा केही असर पुगेको बताएको छ । नवीन अर्यालको अवस्था अहिले सामान्य बन्दै गएको अस्पतालले जनाए पनि उनी बीच बिचमा झस्किने र आबेगमा आउने गरेको प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताए ।

अर्यालका अनुसार शिक्षकहरुले नियतबस नभई राम्रैका लागि भए पनि अहिलेको समयमा दण्ड रहित शिक्षाको कमि भएको बताए । विद्यार्थीको उपचार पछि विद्यालय व्यवस्थापन समितिको बैठक बसि यसबारेमा केही निर्णय लिईने उनको दाबी छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबीराम अर्याल र प्रधानाध्यपक कमल प्रसाद अर्याल लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पाल्पामा विद्यार्थीको उपचारमा रहेको अर्यालले बताए ।

बुधबारदेखि सदरमुकाम तमघासमा संचालन हुन लागेको अनेरास्ववियू फुटवल कप २०७५ मा भाग लिनका लागि उक्त विद्यालयका विद्यार्थीहरु सदरमुकाम तमघास जान पाउनु पर्ने र उक्त प्रतियोगितामा भाग लिन जाने सम्पूर्ण विद्यार्थीहरुको सबै खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएर विद्यालय प्रशासन र विद्यार्थीहरु बीच विवाद उत्पन्न भएको बताएको छ ।

शिक्षक र विद्यार्थी बीच उत्पन्न विवादले चर्को रुप लिन थालेपछि विद्यालयले मंगलवार विद्यार्थीका अभिभावकहरुलाई पत्रकाटि छलफलका लागि बोलाएको र अभिभावकहरु छलफलका लागि विद्यालय नपुग्दै विद्यार्थीहरुलाई प्रार्थना सकिए लगत्तै उक्त शिक्षकहरुले उनीहरुलाई कुटपिट गरेर कक्षा कोठामा थुनेको अभिभावक संघका सदस्य तेज नारायण अर्यालले बताए ।

शिक्षकले विद्यार्थीहरुलाई कुटपिट गर्नु गलत भएको भन्दै अन्य विद्यार्थीका अभिभावकहरु समेत शिक्षकहरु प्रति थप आक्रोशित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.