-
तिलाचन पाण्डे
गुल्मी, वैशाख ३१: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी शाखामा विद्युत प्रयोग गरेका र रकम असुल गर्न २८ लाख ५५ हजार ४ सय २६ रुपैयाँ १० पैसा रहेको कार्यलयले जनाएको छ ।
कार्यलयका सुचना अधिकारी मेखराज जोशीका अनुसार रकम बुझाउनका लागि सबैलाई ७ दिनको समय अवधि दिई पत्रचार गरेको यदि उक्ते समयअवधिमा रकम नबुझाए स्वत लाइन काटिने चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यलयको ४७ हजार ९ सय ४ रुपैयाँ र अर्को मिटरको ११ हजार ४ सय ८१ रुपैयाँ ९४ पैसा बुझाउन बाँकी देखिन्छ । यस्तै जिल्ला आर्युबेद कार्यलयको १५ हजार ६ सय ५५ रुपैयाँ, जिल्ला हुलाक कार्यलयको ११ हजार ५ सय ५१ रुपैयाँ, सभापति निवासको १२ हजार नौ रुपैयाँ, जिल्ला विकास समितिको कार्यलयको १० हजार ९ सय ६९ रुपैयाँ गुल्मी अर्घाखाँची परियोजनाको ५१ हजार ६ सय ५१ रुपैयाँ बाँकी रहेको छ । जिल्ला वन कार्यलयको १३ हजार ४ सय ४३ रहेको छ ।
स्थानीय तहले नै बुझाउदैनन महशुल
सिहंदरबारको अधिकार गाउँमै आएको र स्थानीय सरकार भनेर चिनिने स्थानीय तहहरुले नै बिधुत प्रयोग गरेबापत महशुल नबुझाएको पाइएको छ । सदरमुकाम तम्घासमै रहेको रेसुंगा नगरपालिकाले विद्युत प्रयोग गरेबापतको ४४ हजार २ सय ४४ रुपैयाँ महशुल भुक्तानी गरेको छैन । यस्तै इश्मा गाउँपालिकाले ७४ हजार ८ सय २८ रुपैयाँ महशुल बुझाउन बाँकी देखिन्छ । ै म्यालपोखोरी गाविस कार्यलयको ३८ हजार ५ सय १४ रुपैयाँ महशुल बुझाउन बाँकी रहेको छ ।
खानेपानी लिफटिङ योजना र कुटानी पिसानी
जिल्लाका खानेपानी लिफटिङका अझै धेरै बुझाउन बाँकी रहेको देखिन्छ, जसमा रातापानी लिफटिङ अमर अर्बाथोकको ६८ हजार ५ सय ९७, माछेम्याद लिफटिङको ४५ हजार ८ सय ८ रुपैयाँ, यसैगरि साउनेथुम अर्याल आयल मिलको ३७ हजार ७ सय ७१, पौडेल कुटानी पिसानीको २२ हजार ६ सय ४५, लक्ष्मण आर्चाय मिलको १५ हजार ८ सय २८, यसै गरि निस्दी बडिगाड विद्युत सहकारीको ६६ हजार पाँच सय, पाण्डे युनाइटेड टेलीकमको ६९ हजार ८ सय ४९ रुपैयाँ बाँकी रहेको छ ।
पार्टी कार्यालय, विद्यालय र संचार संस्था
यसै गरि नेपाली कांग्रेस पार्टी कार्यालयको ५१ हजार ५ सय ८४ रुपैयाँ सामुदायिक रेडियो स्काईको ३२ हजार १ सय ८७ रुपैयाँ, रेडियो गुल्मी एफएम टावरको ३६ हजार ६ सय ९१ र महेन्द्र माध्यमिक विद्यालयको ३५ हजार १ सय ८६ रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।