गुल्मी, असार २०: बिहीबार गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँमा निवासी ५० वर्षिय रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
बिक दिउँसो नजिकै रहेको तिलारी सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घासमा ल्याइएको छ ।