गुल्मीमा भारी वर्षापछि पहिराे ६ काे मृत्यु, ५ बेपत्ता

| 2019 Jul 23 | 09:43 am 1921

गुल्मी, साउन ७: लगातारकाे भारी वर्षाका कारण जिल्लाको सत्यवती गाउँपालिका-४ लिम्घाको भिरकुना र वडा नम्वर ३ स्थित ठुलोलुम्पेकमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ। पहिरोमा पाँचजना बेपत्ता भएका छन्।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले दिएका  जानकारी अनुसार गाउँलाई चारैतिरबाट पहिरोले घेरेको  र अहिले क्षतिको यकिन विवरण आउन सकेको छैन।

चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी तथा नेपाली सेनालाईसमेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयको टोलीसहित जुहाङ र रिडीबाट प्रहरी जान थालेको खड्काले बताए। घटनास्थलमा पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ। हेलिकप्टरबाट पीडितलाई उद्दार गर्न स्थानीयले सरकारसँग माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.