गुल्मीमा पिकअप दुर्घटना हुँदा २ जनाले ज्यान गुमाए

रिपोर्ट नेपाल | 2019 Feb 03 | 02:51 pm 2212

गुल्मी, माघ २० : गुल्मीको मुसिकोट नगरपालिका ८ स्थित वामी मैदानमा पिकअप जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार ग १ च ८३५७ नम्बरको पिकअप दुर्घटना हुँदा मुसिकोट नगरपालिका ८ वामीका ३० वर्षीय ठाकुर प्रसाद सापकोटा र सोही स्थानकै ५५ वर्षीय पुतलि सिंह ठकुरीको ज्यान गएको छ ।

दुर्घटनामा २ जना घाईते भएका छन् । घाईतेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ८ कै बर्ष ४८ की हरिकला कार्की , बर्ष १२ का कमल कार्की रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार घाईते २ जनाको वामीमा उपचार भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.