काठमाडौं, साउन १२: गत सोमबार गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा भएको अप्रिय घटना प्रति सहानभुती दिँदै प्यूठानका ऋषी पुरीले २ हजार सहयोग गरेका छन् ।
जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ७ नारीकोटमा बाबु डोलध्वज पुरी र आमा छमाकुमारी पुरीको जेठो सुपुत्रका रुपमा रहेका पुरी हाल काठमाडौंमा बसोबास गर्दै आएका छन् । नेपाल पोल्याण्ड फ्रेण्डसिप काउन्सिलका महासचिव रहेका पुरी समाज सेवा गर्नमा रमाउने गरेका छन् ।
थोपा थोपाको महत्व भएको भन्दै पुरीले रिपोर्ट नेपाल डटकममा स्वयम् उपस्थित भएर २ हजार सहयोग प्रदान गरेका छन् । नेपाल तरुण दल केन्द्रीय विदेश विभाग उपप्रमुख समेत रहेका पुरी दिन दुःखीको सेवामा जुट्ने बैशाखीका रुपमा परिचित छन् ।
सहयोग गर्न चाहाने दाताले रिपोर्ट नेपालको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा रहेको चल्ती हिसाब नम्बर १४२०००४८५४०१ मा जम्मा गरेको भौचर वा नगद उपलब्ध गराइदिन आग्रह गरेका छन् ।