गुल्मी, चैत्र २८ मुसिकोट नगरपालिका–१ नेटामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। दर्लिङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज, १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणी भन्डारी, १३ वर्षीय बालक ओस्कार विक र दुर्घटनामा गम्भीर घाइते भएकी मालिका–२ की २६ वर्षीया काैशिला थापाकाेमुसिकाेट नगरपालिका वामीमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेहरुमा ३२ वर्षीय सूर्यबहादुर थापा,३ वर्षीया कृतिमा थापा,५ वर्षीय जेनिस थापाको अस्पतालमा उपचार भइरहेको छ। यसैगरी १८ वर्षीय नरेन्द्र श्रीष,मुसिकोट नगरपालिका( १ का ४० वर्षीय भोजबहादुर भटराई र सोही ठाउँकी ३८ वर्षीया रिमा भट्टराई र चालक कमल पुरीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर भएकालाई पाल्पा रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
सडक बिग्रिएपछि अर्को सडकबाट जाने क्रममा मोड काट्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ। पौदी अमराइको चैन्डाडा भने ठाउँमा छत्र निमाबीभन्दा केही तलपट्टी सडकबाट करिब १३० मिटर तल गाडी खसेको जनाइएको छ।