गुल्मी, कात्तिक ६: गए राती जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपमा सवार २८ वर्षीय झमबहादुर विक रेहेका छन् ।
उक्त दुर्घटना कालीगण्डकी गाउँपालिका– ३ जयखानीमा लु १ च ४५४६ नम्बरको जीप रोकिराखेको अवस्थामा अचानक पछाडि गुडेपछि भएको प्रहरीले जनकारी दिए ।
दुर्घटनामा घाइते भएका विकलाई उपचारको लागि राति नै मिशन अस्पताल पाल्पामा लगिएको थियो ।
विकको उपचारको क्रममा राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।