गुल्मी, असोज २९: गुल्मीको चन्द्रकोट गाउँपालिका विसुखर्कमा जिप दुर्घटना हुँदा दुर्इ जनाको ज्यान गएको छ।
सोमबार बिहान भएको चन्द्रकोट गाउँपालिकास्थित गगरेभिरबाट जित तल खसेको हो।
बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए।
गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।