गुल्मीमा जिप दुर्घटना दुईको मृत्यु, तीन घाइते

| 2019 Oct 30 | 09:11 pm 3076

गुल्मी, कात्तिक १३: बुधबार गुल्मीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

लु १ च ३५१४ नम्बरको जिप मुसिकोट नगरपालिका वडा नं ९ को दाङसिङबाट ददल्कातर्फ जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिए।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं ९ का करिब ७० वर्षीय रामप्रसाद खरेल र अन्दाजी ४५ वर्षीया नाम नखुलेकी महिला रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए।

घाइतेहरुमा मुसिकोट नगरपालिका वडा नं ७ का २४ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीया सोनिया बिक, २६ वर्षीया बिष्णु बिक रहेका छन्।

दुर्घटनामा घाइते भएकाहरुको बाग्लुङस्थित हटियामा उपचार भइरहेको प्रनाउ घलेले बताए। जिप चालक ज्ञानबहादुर बिक घटनापछि फरार रहेका छन्। उनको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.