गुल्मीमा चट्याङ लागेर एक किशाेरीकाे मृत्यु

| 2023 Jul 13 | 10:51 am 1709

गुल्मी, असार २८ । मुसिकोट नगरपालिका वडा नं. १ मा चट्याङ लागेर घाइते भएकी १५ वर्षीय किशोरीको छिमेकी जिल्लाको बुर्तिवाङ्गमा उपचारको क्रममा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा नेटादर्लिङ की टीका बलाल भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर बलाल घाइते भएकी र उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.